आत्मालोचना

Posted on October 24th, 2008 by Avinashi

मिडियामा काम गर्न लागेको अढाइ वर्ष पुग्न लागेछ । तर अचम्म न कहिल्यै कुनै प्रेस सम्मेलनमा गइयो न कुनै पत्रकारहरुको भेलामा वा नारा जुलुसमा । न कुनै पत्रकारहरुको समुहको सदस्यता लिइयो । आजसम्म एउटा पनि नेतालाइ भेटेको छैन । एउटा पनि हिरो या हिरोइनलाइ भेटेको छैन । न कुनै गायक गायिका या खेलाडीलाइ । न कुनै  विदेशीलाइ चिनेको छु । खाशै पत्रकारहरुलाइ पनि चिनेको छैन भेटेको छैन । तर त्यसमा केहि regret छैन । धेरै गर्व गर्न लायकका मान्छेलाइ भेटेको छु ।

·        महाविर पुनलाई

·        जगदिश घिमिरेलाई

·        भगवानदास मानन्घरलाई

·        मदन राईलाई

·        रामरति देविलाई

·        चमेली वाईवालाई

अझै यस्तै केहि नामहरुलाइ भेट्ने आश छ । जान चैं धेरै ठाउँमा गएँ । म तिनै ठाउँ र भेटेका प्रिय मान्छेहरु सम्झदै आत्मालोचना गर्दैछु ।  रोल्पा रुकुमका यूवाहरुको जिन्दगीमा परेको द्वन्द्वको असरलाई प्रत्यक्ष भोगें तर आज कसैको सम्पर्कमा म छैन  । सल्यानका दीदीहरुका आङ्ग खस्ने र सेतो पानी बग्ने समस्याका कानेखुशी सुनें तर उहाँहरुलाइ न कुनै उपाय या सल्लाह दिन सकें । बर्दियाका कमैयाहरुको बोली सुनें तर मैले काठमान्डुमा आएर त्यो कसैलाइ सुनाइन , छोरो गायब पारिएका बाबुको विवशता बुझें ,लोग्ने  बेपत्ता भएका श्रीमतीहरुको ब्यथासँगै रोएँ तर तिनलाई खोज्ने या सम्बन्धित ठाउँमा कुरा पुराउने काम गरिन । मुगुको खाध्य संस्थानमा हुने धरपकडको त लोकेसन रिपोट नै बनाएँ । चालिसौं दिन काम गरेर जोडेको एकबोरा चामल भट्टेचौरको पुल नहुँदा कर्णालीले बगाइदियो । मेरो मन कत्ति रोयो तर त्यहि दिन साँझ खान नसकेर एककचौरा पास्ता मिल्काइदिएँ। जुम्लाका हात खुट्टा फुटेर कालै भएका स्कुले भाइलाइ हात खुट्टा धुने नगरेको भनेर गाली गरें तर झोलाबाट झिकेर एउटा साबुन या पन्जा या कोल्डक्रिम दिन सकिन ।  रसुवाका तिब्बती शरणार्थीलाई  परिचयपत्र नहुँदा भएको समस्या बुझें तर त्यो कुरा मेनस्ट्रिम मिडीयामा ल्याउन सकिन न कतै बाम्तीभण्डारको  चियाको कुरा गरें । रीपोर्टका सबै रंगहरु लोकल रेडियोमा बजे अनि खुइलिए । यो संसारमा सियो खसेको आवाज कस्ले सुनोस । मैले पनि सबैलाई बिर्सें ।

म किन यस्ती स्वार्थीं भएँ ? मेरो आफ्नै नेचरले कि मेरो कामको नेचरले ? यदि म आफै स्वार्थी हो भने मैले आफुले आफुलाई फेर्नैपर्छ या मेरो कामको नेचरै यस्तो हो भने मैले यसलाइ कसरी मानवतावादी र ब्यबाहारिक बनाउने भन्ने सोच्नुपर्छ । अढाइ वर्ष त गयो तर अब मैले बाँकी समयलाइ निर्थर्क बनाउनुहुदैन । यसबिचमा मैले के बुझें भने गफले भोक मेटिदैन रहेछ संसार फेरिदैन रहेछ । काम गर्नपर्ने रहेछ । म सामाजिक रिपोर्टर, मैले नै मेरो स्टोरीलाई बिर्सदैजान्छु भने अरु कसले सम्झन्छ ? यो पेशा त गम्भिर जिम्मेवारी बोकेको पेशा हो । यसलाइ जागिरको रुपमा लिनु मेरो कत्रो भुल । यत्रो वर्ष काम गरेर मैले के गरे ? ठूलो कुरा त परै जावोस न कसैको एकसाँझको पेट भरिदिएँ न कसैलाई क को अक्षर लेख्न सिकाएँ न एउटा काउली उमारें न कसैको दुखेको घाउ निको पारें । At the end of the day खै मैले यत्रो वर्ष गरेको ठोस काम  जसलाइर् देखाएर भन्न सकूँ क मैले यो गर्या छु ? Delicatessen Center Oasis café लाइ थोरै धनि बनाएँ Korean Shop  Kathmandu mall    का पसलहरुलाई पनि पोषें । खाएँ लाएँ उडाएँ । उफ…..अब त अत्ति भैसक्यो । अब त मैले केहि गर्नैपर्छ । अबको reporter भनेको story-teller मात्र हैन  initiator बन्न पर्छ । कम्तीमा पनि म बन्नुपर्छ । नत्र त पसल थापेर बसे पनि भैहाल्थ्यो नि ।

 

6 Responses

  1. Reality Bytes Says:

    I think u should be in the mainstream media as Like in daily Newspaper than RJ…. Just my suggestion …matra hai !..

  2. aAkaR Says:

    आत्मालोचना गरिसकेपछि पनि, फेरी त्यही पुरानै कुरा दोहोर्‍याउने बानि छ ।

    खै, के भन्नु र ?

  3. sangharsha Says:

    well said, very honest…
    at times, the most violent fight we have is with ourselves - & in either case the winner or looser is the same.
    …good luck with your new realization…the thought of doing something good for the world is always serene and respectable.
    keep it up.

  4. ashesh Says:

    क्या बात छ । कुरो एक हदसम्म सही हो ।

  5. aAkaR Says:

    …happy tihar…

  6. suresh Says:

    gud one..
    Happy Tihar!

Leave a Comment

Please note: Comment moderation is enabled and may delay your comment. There is no need to resubmit your comment.

Posted in Circumspection |

Archives

Categories

Blogroll