Saga of a dreamer and enterprenuer….

Posted on November 17th, 2008 by Avinashi

 

(An extract from my research report )

महाविर पुन अमेरिका बाट उच्च अध्ययन सकाएर आफ्नै गाउँ फर्कनुभयो, किनभने उहाँको जागिर खाएर बस्ने स्वभाव थिएन।उहाँलाई विचार र कामको स्वतन्त्रता मनपर्थ्यो। 

अमेरिका या काठमान्डु या चितवन या पोखरामा बसेको भए जागिर खाएर बस्नुपर्थ्यो तर म्याग्दीको नागीं गाउँ उहाँको लागि यस्तो ठाउँ थियो जहाँका मान्छेहरुले उहाँको कुरा सुन्थे र मनन गर्थे र जे जसो गरे पनि उहाँलाई त्यो गाउँमा दुइछाक खान दुख हुदैनथ्यो। अमेरीका बाट फर्केपछी सामुदायिक कार्यमा स्वयमसेवीको रुपमा काम गर्न उहाँ गाउँ फर्कनुभयो। त्यहा एउटा सानो सुचना पनि एक गाउँबाट अर्को गाउँमा पुराउन एक घन्टा देखी एक दिन हिड्नुपर्थ्यो। विदेशमा रहेका आफ्ना साथीभाईहरुलाई इमेल पठाउन उहाँ महिनाको एकपटक एक दिन पुरै हिडेर अनि बसमा चढेर पोखरा आइपुग्नुहुन्थ्यो। आफैलाई संचार को सारै समस्या परेपछि उहाँलाई लाग्यो ,“हाम्रो गाउँमा पनि इन्टरनेट किन नपुराउने ? “

 सुरुमा यो त एउटा सपना मात्र थियो किनभने नागीं गाउँमा बिजुली थिएन, टेलिफोन थिएन, सबभन्दा नजिकको सडक पनि सातघन्टा टाढा थियो। कम्प्युटर र इन्टरनेटमा विशेष रुचि राख्नुहुने महाविरले भर्खर भर्खर बिश्व संचारजगतमा वाई फाई प्रविधी सुरु भएको मेसो पाउनु भएको थियो। हुनत त्यो प्रविधी एउटा घर या केहि सय मिटरको दुरीलाई मात्र जोड्न सक्ने थियो। तर महाविर भित्रको स्वप्नद्रष्टालाई लाग्यो , यो प्रविधी लामो दुरी मेट्न पनि सक्षम छ। उहाँभित्रको उद्यमीलाई लाग्यो , परिक्षण सफलता असफलताको रिश्क लिनैपर्छ र उहाँभित्रको कर्मविरलाई लाग्यो, काम गर्नेपर्छ र सफल अवश्य होइन्छ।

 नेपाल टेलिकमका इन्जिनियरले समेत यो हुँदैहुँदैन भनेर ठोकुवा समेत गरे ,तैपनि एकजना विदेशी स्वयमसेवीले इक्विपमेन्ट सहयोग गरे। र परिक्षण सुरु भयो र उहाँको विश्वास साकार भयो। त्यसको लागि धेरै दुख खेप्नुपर्यो। सेना र माओवादीबाट जोगिनुपर्ने , विद्युत आपुर्तीका लागि आफै लघुजलविद्युत आयोजना सन्चालन गर्नुपर्ने। तर परिक्षण सफल भयो र सुरुमा डायलअप कनेक्सन मार्फत ६४ केबिपियसको स्पिडमा गाउँगाउँ र पोखरा अनि विश्व जोडिए। गाउँगाउँमा टेलिसेन्टर खुले। आईपी फोनको प्रयोग भयो। गाउँका परिवारले कमाउन, पढ्न गएका छोराछोरीसँग गाउँबाटै कुरा गर्न पाए। यूवायूवतीले च्याटिंग र इमेलिंग गर्न पाए। केटाकेटीले स्कुलबाटै अष्ट्रेलियाका साथीसँग मित्रता गास्न पाए। 

गाउँगाउँबाट अनुरोध बढ्दै गयो। बढी गाउँमा इन्टरनेट जोडियो। पोखराका हस्पिटलसँगको समन्वयमा टेलिमेडिसिन को काम गर्न थालियो। अहिले कास्की र म्याग्दीका २२ वटा गाउँमा यो प्रविधी छ , गाउँले आफैले त्यसको ब्यबश्थापन गरिरहेका छन् , फाइदा लिइरहेका छन् , पैसा कमाइरहेका छन्। अहिले स्पिड २५६केबिपिएस छ , मेन सर्भर पोखरामा छ। विभिन्न अरु संस्थाको सहयोगमा दोलखा, पाल्पा, अछाम, बझांगका केहि गाउँहरुमा समेत यो प्रविधी महाविर पुन ले पुराउनुभएको छ। भोलुन्टियरहरु , गरिबी निबारण कोष, ब्यक्तिगत चिनजान बाट फन्ड रेजिंग भइरहेको छ। महाबिर पुनको गजबको स्टायल छ साधनस्रोत जुटाउने। उहाँ माग्नुहुन्न, त्यसैले दिनेको ओइरो लाग्छ। उहाँ बोल्नुहुन्न काम गर्नुहुन्छ,, त्यसैले मान्छेले उहाँलाइृ विश्वास गर्छन। जस्तै भर्खरको एक महिनामा एक डलर अभियानकै कुरा गरौं , यसमा पैसा धमाधम उठिरहेको छ किनभने उहाँले यति थोरै माग्नुभएको छ कि , दिनेलाई अझ धेरै दिउँ हुन्छ भने नदिनेलाई दिनको लागि नैतिक दवाब पर्छ। 

यो प्रविधीलाई नेपालभरी पुराउने भनेर लागिपर्नुभएको छ। तर सरकारले केहि दिएन वा गरेन भनेर चित्त दुखाउनुभएको छैन। म्याग्दीमा इ लाइब्रेरी खोल्ने , लंग डिस्टान्स लर्निगं को सेवा ल्याउने । इन्टरनेट मार्फत बाटै गाउँमा रेमिट्यान्स भित्राउने, पर्यटकले क्रेडिट कार्ड प्रयोग गर्न सक्ने ब्यबश्था मिलाउने कामहरु अहिले उहाँका योजनामा छन्। उहाँ हतारमा हुनुहुन्छ जहिलेपनि,भरखरै बेलायत बाट फर्केर गाउँ जानुभयो। परिवारहरु चितवन र पोखरामा बस्नुहुन्छ। आफु एक्लै म्याग्दीमा। दिनरात काम गरेर थाक्नुहुन्न। पैसा पनि कमाएको हैन , देख्नेलाई उहाँको जिन्दगी अस्तब्यस्त लाग्छ तर उहाँ भन्नुहुन्छ  “म मेरो जिन्दगीदेखी सन्तुष्ट छु”। उहाँको जिवनदर्शन यो हो कि  “हरेक मान्छेले आफ्नो जिन्दगी आफ्नो हिसाबले बाँच्छ र बाच्नुपर्छ” । “बाँच्नका लागि कसैले के गर्छ कसैले के गर्छ , कुरा यत्ति हो जसले जे गर्छ त्यसमा उसको मन र दिमाग दुवै खुशी हुनुपर्छ। र म जे गरिरहेको छु मेरो आत्मसन्तुष्टिका लागि गरिरहेको छु। म संसार फेर्छु भनेर लागिपरेको पनि होइन , खालि आनन्द आउने काम गरेको हो। “

6 Responses

  1. आकार Says:

    साँच्चै, नक्कल गर्न योग्य छ उहाँको जीवन ।

    कम्प्युटर प्रविधी अनि सुचना प्रविधिमा उहाँले अतुलनिय योगदान गर्नुभएको छ । साँच्चै, भन्ने हो भने, मलाई पनि देश छाडेर कतै जाने मन छैन ।

    मैले जगदिश घिमिरे अनि महाविर पुन “हरु” लाई आफ्नो आइकोन बनाइरहेको छु ।

    उहाँ का भनाइ “बाँच्नका लागि कसैले के गर्छ कसैले के गर्छ , कुरा यत्ति हो जसले जे गर्छ त्यसमा उसको मन र दिमाग दुवै खुशी हुनुपर्छ। र म जे गरिरहेको छु मेरो आत्मसन्तुष्टिका लागि गरिरहेको छु। म संसार फेर्छु भनेर लागिपरेको पनि होइन , खालि आनन्द आउने काम गरेको हो।” एकदमै सही छ ।

    हामी साँच्चै भन्ने हो भने, हामी खान का लागि बाचेका छौँ, तर यदि हामीले बाँच्नका लागि खाने भैदिएको भए, यहीँ स्वर्ग हुनेथियो ।

  2. Avinashi Says:

    सहमत आकार
    we are recently doing a program on people like Mahabir Pun and Jagdish Ghimire….And I m inspired alot…I dont want to go abroad either..same pinch..we must do sth worthwhile righthere, in our country, at our villages.

  3. Navin Says:

    मेले पनी उहाको बारेमाँ केही लेखेको थिए पोहोर साल
    http://www.meroguff.com/2007/08/mahabir-pun-who-brought-wireless.html

  4. Ametya Says:

    nice writting….and thanks for taking intrest on me….

    बिदेशमा गएर साधारण नेपाली को जीवन जिउनु भन्दा नेपालमा नै बसेर एउटा बिदेशी सरहको जीवन जिउनु राम्रो होला ….like exactly of Mahabir Pun ….Life with full of confidence, target, focous, …..the more a life with full of new excitement and adventure like of foreigners……

    …………..kaso Avinashi ji ????

  5. Avinashi Says:

    Exactly Ametyaji…jindagi ta testai ramro..and thanks to Navinji too

  6. sanjeev Says:

    Mahabir pun has done a great work in Nagi and his dream project of wireless Nepal is worth appreciating. I haven’t yet visited Nagi but I’m desperate to visit Nagi and see his work.

Leave a Comment

Please note: Comment moderation is enabled and may delay your comment. There is no need to resubmit your comment.

Posted in An Elegy |

Archives

Categories

Blogroll