in lyrics

कुनै दिन पस है!

भनेकै थिएँ बाटैमा घर छ कुनै दिन पस है!
गुन्द्री र काम्लो पिढींमा जे छ तानेर बस है!!

आँगनी आज टेकेर गयौं बोल्दा नि बोलिनौ,
के लुकाई ल्याऽथेउ, पटुकी भित्र त्यो पनि खोलिनौ
फर्केर फेरी यै बाटो आए नबिर्सी पस है!
गुन्द्री र काम्लो पिढींमा जे छ तानेर बस है!!

यै बाटो हिडयौ  तर्केर गयौ मन रोयो धर्केर
हेरेर बसें देउराली सम्म आईनौ फर्केर
तर्केर नजाउ मनकी मायालु केइ गरी पस है!
गुन्द्री र काम्लो पिढींमा जे छ तानेर बस है!!

भनेकै थिएँ बाटैमा घर छ कुनै दिन पस है!
गुन्द्री र काम्लो पिढींमा जे छ तानेर बस है!!
Lyrics:I am sorry I dunno

Singer: YashKumar

Write a Comment

Comment

  1. वाह! गज्जब छ! अहिलेसम्म सुन्ने सौभाग्य भने मिलेको छैन।

  2. Hi, Was good to get ur comments in my blog. how r u doing? must be great, at least facebook updates here n there suggests the same.

    I was in Nepal in Dashain, n will take some more time to be back there.Keep in touch.

  3. रमाईलो लाग्यो मलाई यो गीत !!! मुनामदनको शैलीमा लेख्‍नुभएजस्तो लाग्यो !! राम्रो छ !!