in An Elegy

होस्टे हैंसे

आउ साथी मार्च गरौं
तिम्रो सुकेको घाँटी
मेरा झरेका आँसुले भिजाउं
तिम्रा भिजेका परेला
मेरा दग्ध छातीमा दलौं।

तिम्रो फुटेको मुटु
मेरो बहेको रगतले रसाऔं
मेरो फाटेको हिया
तिम्रो काटेको छालाले टालौं।

मलाई रोपेको सियोले
तिम्रो गढेको काँडा झिकौं
तिमीलाई ठोकेको नेलले
मलाई छोपेको माटो फालौं।

मलाई कसेको डोरीले
तिम्रो खण्डित आशा बाधौं
तिमीलाई धसेको खुकुरीले
मलाई कसेको डोरी काटौं ।
आऊ साथी काँधमा काँध मिलाऊ ।

The poet is my Dad,again, and I dedicate this to you,dear Sangharsha….

Write a Comment

Comment

  1. Who is this Sangharsha? and by the way,
    I think this peom can be developed as a song for bilateral unity between NC and Maoists…

  2. Very nice – song–but I also agree with suman. May be this is your favorite song, isn’t it?
    I wish you all my friends Happy New Year 2009 may this year brings peace and joy to all of us.