सपना हो यो भनेदेखी….
Posted on April 10th, 2009 by Avinashi
सपना हो यो भनेदेखी
सपनीमै मरुँ
अर्को जन्म पाएँ भने
तिमीसँगै परुँ
एउटा जून आकाशमा एउटा मेरो काख
जिन्दगीको पुग्यो धोको दैव दियौ लाख
हाम्रो माया चोखो भए यसको लाज राख
यसको लाज राख
जता हेर्छु उतै तिमी मेरो वरिपरी
निदरीमा झझल्कोले उठ्छु घरिघरी
तिमी बिना आखाँ मेरो साउनको झरी
साउनको झरी
जिवन मेरो के पो होला बिना तिम्रो माया
तिमी जान्छौ जतातिर उतै लाग्छु छायाँ
एकै मन एकै मुटु दुई हाम्रो काया
दुई हाम्रो काया
तिम्रो बेला मनमा बज्छ नरेटेरै पनि
टाढै देख्दा प्यास मर्छ नभेटेरै पनि
सपना हो यो भनेदेखी
सपनीमै मरुँ
अर्को जन्म पाएँ भने
तिमीसँगै परुँ
सपना हो यो भनेदेखी….
April 10th, 2009 at 11:06 am
Yeah, grt feelings and a all time hits number…
April 11th, 2009 at 5:12 pm
Great song!
April 12th, 2009 at 4:44 pm
सपना हो यो भनेदेखी
सपनीमै मरुँ
अर्को जन्म पाएँ भने
तिमीसँगै परुँ
- आहा ! कति मिठो गीत - धन्यवाद अविनाशी जी |