About me
Posted on November 8th, 2008 by Avinashi
(It’s a purely personal essay.It has some personal feelings, believes and opinions regarding myself and my notion of happiness.This is not for argument ,just a perception about myself)
मात्र खुशीको लागि…….
म “खुशी रहनु”मा विश्वास गर्छु । “खुशी रहनु” मेरो जिवनदर्शन हो र बाँच्नुको आदर्श हो । मेरो खुशी मैलै केही सँग पनि सम्झौता गर्नै नसक्ने कुरा हो । म Pursuit of Happiness मा विश्वास गर्दिन । म त exalted state of perfect happiness मै विश्वास गर्छु । र म विश्वास गर्छु that is possible. It is absolutely possible that we can be perfectly happy 24/7 यदि हामी भित्रका खुशीका लाखौं झिल्काहरुलाई explore गर्न सक्यौं भने । म भर्खर तेईसौं बसन्तमा टेक्दैछु , बि ए पनि सकेकी छैन, भर्खर रिपोर्टरको काम थाल्दै छु , बिहे पनि गरेकी छैन । यसो हेर्दा लाग्न सक्छ मेरो जिन्दगी संघर्षमय छ, म कुनै सफलता, सम्पन्नता या पूर्णताको pursuit मा छु । तर त्यस्तो पटक्कै छैन । मैले त एउटा मान्छेले एक जुनिमा पाउन सक्ने सबै सबै कुराहरु पाएकी छु । म त perfect state of bliss छु । हरेक दिन दुइछाक भात(पिरो पिरो भट्मासको रससँग भात खुबै मन पर्छ , अरु केही चाहिंदैन ) र चिया नास्ता खान पाएकै छु । मेरो लागी भोक लागेका बेला पेटभरी खान पाउनु भन्दा ठूलो कुरा अरु केहि छैन जिन्दगीमा ।
हरेक पटक जब मेरो भोको पेट भरिन्छ तब मैले म भित्र एउटा तातोपन महसुस गर्छु । त्यो तातोपनले अङ्ग अङ्गमा शक्ती भर्छ, जिजिविषाहरु जुर्मुराउँछन र मैले ज्युँदो भएको महसुस गर्छु । डेरानै भएपनि सुबिस्ताको बस्ने कोठा छ ।घाम छ पानी छ।थोरै सबर्ब भएकाले केही हदसम्म स्वच्छ हावा पनि । ठूल्ठूला झ्याल छन, हरियो पर्दा छ । अनि आयो निद्राको कुरा । मम्मीले पठाईदिनुभएको ब्ल्याङ्केट, बुवाले किनिदिनु भएको सिरानी ।अहिलेपनि फुच्ची छँदा बुवामम्मीको बिचमा सुतेजस्तै लाग्छ । गाढा निद्रा लाग्छ । सपनामा बुवा फर्केर आउनुभएको देख्छु, बडेमानको काउलीमा मम्मीको अनुहार देख्छु, मेरो घर देख्छु, गाउँ देख्छु , स्कुल देख्छु ,साथीहरु देख्छु , कुनै हर्ने मन लागेको फिलिम देख्छु, पढ्न मन लागेको किताब देख्छु । भन्नत भन्छन कि सपनाले निद्रालाई distract गर्छ र sleep with no dream is better sleep तरपनि फलेको फुलेको , झरेको फुटेको ,जे सपना देखेपनि म खुशी हुन्छु । सपनाले निद्रामा पनि आफ्नो धरातललाई बिर्सन दिदैंन । हप्ताभरी फेर्न पुग्ने लुगा छन् । सामान्य लुगा । स्लिम, सिङ्गल र स्यासी ( Slim, Single ,Sassy) नभएपछी जस्तो लुगा नि चल्दो रहेछ । जे लाए नि खुशी लाग्दो रहेछ ।
यी त भए गास बास र कपास का कुरा । के गतिलो गास बास कपास पाएकैले मात्र अविनाशी खुशी हो त ? या ,के यत्ति त सारै सानो या तुच्छ कुरा हैन र ? यति त जसले नि पाएका छन । यी सबै प्रश्न उठ्न सक्छन । तर मेरो लागि सामान्य तर quality गास बास कपास पाउनु नै जिन्दगीको सबै भन्दा ठुलो कुरा हो । त्यसको अर्थ म सारै गरिब, खान लाउनै नपुग्ने गरिब परिवार बाट आएकी र अहिले मात्रै खानलाउन पाएकी पनि हैन तर यहाँनेर आएर मेरो जिवनप्रतिको बुझाइ अलिकति फेरिएको छ र आज मैले बाँचिरहेको जिन्दगीलाइ celebrate गर्न सिकेकी छु । एउटा ईश्कुस र दुइटा आलुको झोल, एउटा समोसा र एककप चिया । चारसयको कुर्ता या जिन्स । हजार रुपियाँ महिनाको कोठा । जिन्दगीमा सबथोक पुग्दो छ । यो कुरा मैले धेरै भित्रबाट सोचेर भनेको हो फगत आदर्श मात्र हैन, साँच्चै । एउटा क्वालिटी गास बास कपास कति नै नेपालीले पाएका छन र ? अथवा संसारमा कति ले नै पाएका छन् र? मैले मान्छेले एक चिम्टी नुनको स्वादका लागि नुनिला आशुँका कैयौ धारा बगाएको देखेकी छु । चिथरा भिरेका कति दाजुभाईहरु नाङ्गा गोडामा सयौं किलोमिटोर, सयौं किलोको भारी बोकेर उकालोओरालो गरेको देखेकी छु । तिनै भोकले मरेको देखेकी छु ।तिनै जाडाले मरेको देखेकी छु ।तिनै गर्मीले कुहिएको देखेकी छु । म साँच्चै कति रोएकी छु मान्छेको जिन्दगी देखेर , गासबास र कपास पनि कति ठूलो छ कसैका लागि । म अहिले कम्युनिष्ट जस्तो कुरा गर्दै छु कि खै थाहा छैन ।हुनत यूवा अबश्थामा धेरैले यस्तो सोच्छन भन्छन तर मैले रिपोर्टिङका क्रममा हिड्दा जे जिन्दगी देखें त्यसले मेरो चेतनालाई मजैले रिङ्ग्याइदियो ।यो मैले पढेको कुरा हैन देखेरै बुझेको हो । खगेन्द्र संग्रौलाको “जुनकिरीको संगित”मा जुन जिवन पढें त्यो मैले सल्यानमा र मुगुमा प्रत्यक्ष देखें । ध्रुबचन्द्र गौतमको “अलिखित”मा जुन जिवन पढें त्यो मैले बर्दियामा पर्त्यक्ष देखें । अनि मैले आफुले पाएको जिन्दगी देखी खुशी हुन सिकें । गास बास कपास जिन्दगीको यतिमात्रै उपलब्धी काफी छ perfect state of bliss मा हुनको लागि ।
अब म मेरो जिन्दगीमा खुशी हुनका लागि भएका अरु कारणहरु पनि भन्छु । सबैभन्दा ठूलो कुरा त मैले पढ्न पाएँ । हामी सबैले पढेका छौं तर के हामीले सोचेका छौं कि पढ्न पाउनु कति ठुलो कुरा हो जिन्दगीमा । देशको जम्मा ५४ प्रतिशत साक्षरता सङख्यामा म पनि दरिएकी छु, यो कति आनन्द दिने कुरा हो । मैले अक्षर चिनेकी छु त्यसको जादु महसुस गरेकी छु । आफ्नो नाम सहि लेख्न सक्छु ।नेपाली किताब पढ्न सक्छु। अंग्रेजी किताब पढ्न सक्छु । यो कति मजाको कुरा हो । जबसम्म ससारमा अक्षर रहन्छन र आकाशमा तारा रहन्छन, म एक्ली कहिल्यै हुनेछैन, म दुखी कहिल्यै हुनेछैन । म अक्षर भित्र भित्र पसेर जिन्दगीका अझ धेरै complexity हरु बुझ्न सक्छु । म तारा हेर्दै ज्ञानविज्ञानको चमत्कारमा घोत्लिन सक्छु, बिछोडीएका आफन्त र साथीहरुसँग कुरा गर्न सक्छु । अक्षर चिन्नु मात्रै पनि धेरै खुशीको कुरा हो । अब मैले बि ए पास गरे नि के भो नगरेनि के भो(गर्न त गर्छुनै गाँठे अझै धेरै पढ्छु ) । अक्षर चिनें, त्यसको जादु चिनें, साहित्य चिनें, कला चिनें ,जिन्दगीलाइ पुग्ने ज्ञानविज्ञान चिनें । बुवा मम्मी दाई!!! मलाइ अक्षर चिनाउनु भएकोमा धन्यवाद,स्कुल पठाउनुभएकोमा धन्यवाद, मलाइ होमवर्क गर्न सिकाउनुभएकोमा धन्यवाद, मलाइ पुस्तकालयमा लैजानुभएकोमा धन्यवाद, मलाई कविता लेख्न सिकाउनु भएकोमा धन्यवाद्, मलाई चित्रमा भर्ने रंग किनिदिनुभएकोमा धन्यवाद । यो तपाइहरुको कर्तब्य मात्र हो भनेर यो महानतालाइ म सानो बनाउन चाहन्न । मलाइ अक्षर चिनाइदिनुभयो त्यसैले त आज म यति खुशी हुन सकें ।
दुखी हुनका लागी हजार कारण हुन्छन होला जिन्दगीमा तर मैले सुखी हुनका लागी पनि लाख कारणहरु भेटेकी छु । अर्को कारण म आफ्नो खुट्टामा उभिएकी छु । कुनै चिनजान सोर्स या चाकरी बिना नै काम पाएँ, खुला प्रतिस्पर्घाबाट आफ्नै खुबीले, आफ्नै सिपले । आज मान्छेहरु भेट्छु, उनिहरुका बारेमा लेख्छु, खुशी छु ।मैले जागिर खाँदिन, एउटा कार्यक्रम बनाउन मद्दत गर्छु । मैले कुनै पनि दिन काम गर्नुपर्दैन, म त सधैं मेरो सौख पुरा गर्छु , मान्छे भेट्ने कुरा गर्ने र उनिहरुको बारेमा लेख्ने । यहाँ कतिले नै पाएका छन् र आफ्नो सोख अनुसारको काम ।कति यूवाहरु फर्ष्टेटेड छन् ,कति विदेश जान्छन ,श्रम बेच्छन ,आत्मा बेच्छन ,शरिर बेच्छन । तर म त यहाँ आफ्नो सौख पुरा गरी गरी आत्मसम्मान र आत्मसन्तुष्टिका साथ बर्षको लाख रुपियाँ कमाउँछु । हे भगवान!! यो भन्दा धेरै खुशी खोजें भने त भगवानले मलाई श्राप नै दिनेछन । संसारभरीको खुशी भगवानले मेरै पोल्टामा हालिदिएको जस्तो लाग्छ ।
मेरो लागि खुशी हुने अर्को कारण मेरो सपना पनि हो । मेरा केहि सपनाहरु छन् तर ती तिर्सनाहरु हैनन् सपनाहरु नै हुन । सपनाकै लागि म बाँच्ने हैन, म त खुशीकै लागि बाँच्ने हो तर केही सानासाना सपनाहरु देख्न म असाध्यै रुचाउँछु । मैले भनिहाले निं यी सपनाहरु मेरा तिर्सना हैनन , पुरा नगरी नहुने पनि केही हैन तर म यी सपनाको कल्पनामा रमाउँछु, सपना बुनाइको क्रममा जुन आनन्द आउँछ त्यो आनन्द त्यो सपना पुरा भएको क्षणपनि आउँदैन । मेरो एकदमै प्यारो सपना हो आमा बन्ने । दुइटी छोरी र एउटा छोरा । भन्न सकिन्छ , छोराछोरी पाउनु जिवनको एउटा सामान्य प्रक्रिया हो , त्यो आफै हुन्छ, कुनै सपना देख्नु पर्दैन , कुनै मेहनत गर्नु पर्दैन । तर मेरा लागी यो सामान्य कुरा हुँदैहोइन । खानु, सुत्नु र एकसरो लाउनु त सामान्य कुरा हैन मेरा लागि भने छोराछोरी पाउनु त कता हो कता ठूलो कुरा । सत्यम शिवम सुन्दरम , मैले मेरा छोराछोरीको नाम राख्नेछु । म तिनिहरुलाइ अक्षर सिकाउने छु कला बुझाउने छु ज्ञान विज्ञान देखाउने छु, सत्य खोज्न सिकाउनेछु, खुशी हुन सिकाउने छु । घरनजिकैको सामान्य स्कुलमा पठाउनेछु । हरेक दिन दाल भात तरकारी पकाएर खुवाउने छु । म उनिहरुका लागी भनेर मरिहत्ते गरेर काम गरी पैसा कमाउने छैन । पैसाले सन्ततिको भविष्य किन्न सकिदैन । मेरै मातापितासँग पनि पैसा थिएन । स्कुलदेखीनै मैले छात्रबृत्तीमा पढें । मेरो बुवामम्मी पैसा कमाउनैपट्टी लागेर मलाइ जतिसुकै महँगो स्कुलमा पढाएको भएपनि म त्यत्तिकै हुन्थे जति मैले मेरो वरिपरीको circumstances बाट सिक्न सक्थें ।म अहिले जति खुशी छु र जति सक्षम ठान्छु आफुलाई, त्यति त मैले एसएलसीमा ९८ प्रतिशत स्कोर गरेको भए पनि हुन्नथें होला जस्तो लाग्छ मलाई त (अलि घमण्डी भयो कि?) ।
छोराछोरीको कुरा त गरें तर पतिको कुरा आएन हा हा । त्यस्तो हैन । मेरो पति मेरो लागी परमेश्वरै हुनेछ । म उस्को गोडामा ढोग्नेछु । यो कुरा आउटडेटेड जस्तो सुनिएला तर म साँच्चै पतिमा भगवानको अंश हुने कुरामा विश्वास गर्छु । किन गर्छु भने , म भित्र पनि भगवान छ , हरेक मान्छे हरेक प्राणी भित्र भगवान छ भन्ने कुरामा म विश्वास गर्छु । म सबैभित्र निहित भगवानको अंशलाई पुजा गर्छु (त्यो भगवानको अंशलाइ मानवता पनि भन्न सकिन्छ) । जब म सबैलाई परमेश्वर मान्छु भने मेरो पति त मेरो सहयात्री हो, उसँग त मेरो जिवनका हरेक पक्ष बाँडिन्छन त म उभित्रको परमेश्वरलाई किन नमानुँ ? जिन्दगीमा जित्नुपर्छ अगाडी बढ्नुपर्छ भन्ने पाश्चात्य दर्शन हो । पूर्विय दर्शनले भन्छ अहंकार छोड, तिर्सना त्याग ,मनमा हरि राख , सबैमा हरि देख ।त्यसैले म कसैलाई जित्नु र माथी पुग्नु भन्दा पनि ईगो त्याग गर्नु र कसैको प्रेममा आफुलाई समर्पित गर्नुमा विश्वास गर्छु ।त्यसैले म पतिलाई ढोग्नुमा विश्वास गर्छु । मलाई थाहा छ कि यो कुराको गहन दर्शन नबुझाई महिलाहरुलाई जबर्जस्ती पतिलाई परमेश्वर मान्न बाध्य पारिएकै कारण आज नेपाली महिलाहरुमा दास मानसिकता छ , महिलाहरु पिछडिएका छन । तर मैले महिलाहरु दासै बन्नुपर्छ भन्न खोजेको हैन । मेरो अर्थ के भने समर्पण भनेको हार हैन भन्ने कुरा बुझ्नुपर्छ। कसैलाइ केही दिदां आफु त लुटिएला तर त्याँ एक किसिमको स्वामित्वको भावना हुन्छ , अपनत्व हुन्छ divine feeling हुन्छ । र यो कुरा फेरि म मेरा पति परमेश्वरबाट पनि आश गर्छु । उनले पनि मलाई देवी मान्नुपर्छ । म भित्रको दैवी अंशलाई चिन्नुपर्छ। यो दोहोरै हुनुपर्छ ।अनी गृहश्थी सन्तुलनमा आउँछ । लरतरो मान्छेसँग त म बिहे नै गर्दिन नि । बिहे गरेपछि रामसँगै बिहे गर्ने नि चाहे गर्भवती भएका बेला जंगलमै लगेर किन नछोडिदिउन, कम्तीमा पनि सिता हुनुको सम्मान र आत्मसम्मान र आत्मसुख पाइयोस, चाहे अग्निपरिक्षै दिन किन नपरोस ? संसारमा केहि यस्ता कुरा हुन्छन जो हारेर मात्र पाईन्छन । सिता पृथ्वीको गर्भमा बिलाएपछी रामको मनमा के भाव आयो होला म त्यो कुरा महसुस गर्न सक्दिन । रामले सितालाई बेइज्जत गर्न या शोषण गर्न खोजेकै हैनन् अथवा हुन कि मलाई थाहा छैन । तर सिताले जे गरिन त्यो किन गरिन त्यो म महसुस गर्न सक्छु । म भएको भए पनि त्यहि गर्थें । आखीर प्रेम नै सत्य हो । प्रेम यदि खेल हुन्थ्यो भने त्यसैले जित्थ्यो , जसले हार्थ्यो , जसले अहंकार त्यागेर आफु हुनुलाई अरुको अस्तित्वमा बिलिन गर्थ्यो ।
मेरो सपना यही भन्छ , मेरो लागी मेरो परिवार नै सुख हुनेछ । मेरो परिवारको उचित हेरविचारका लागि म गृहिणी मात्रै हुनुमा पनि गर्व गर्छु । हरेक शिक्षित महिलाले जागिरै खानपर्छ भन्ने मलाइ लाग्दैन । म किताब पढ्न सक्छु, लेख्न सक्छु, आत्मसम्मान के हो? महिलाको अस्तित्व के हो ? महिलाको कर्तब्य के हो? भन्ने मैले राम्री बुझेकी छु भने बिहान बेल्का भात पकाएर, छोराछोरीलाई होमवर्क गर्न या चित्र भर्न सिकाएर, घर सजाएर,कागजका ल्याम्प, फुल या पुतली बनाएर, वरीपरी रायो मुला गाजर गोलभेडा धनियाँ खुर्सानी उमारेर, फुल सारेर, गमलामा पुदिना तुलसी घ्युकुमारी चिराइतो लगाएर, कम्पोष्ट मल बनाएर, सासु ससुराका उमेरका कुरा सुन्दै, उहाँहरुको साथी बनेर, उहाँहरुलाइ समयमा दुध पिलाएर, साँझ श्रीमान काम बाट फर्कदा मीठो मुस्कान र मिठो चिया दिएर पनि जिन्दगीलाई सार्थक बनाउन सकिन्छ जस्तो लाग्छ मलाइ त । रातदिन अफीसमा काम गर्यो , खाने उही रासायनिक मल हालेको तरकारी र जङ्क फुड, छोराछोरी होष्टलमा, या , घरमै छन भने पनि आफ्नै सुरमा , कमाएको पैसा भाँडा माझ्नेलाइ, लुगा धुनेलाइ, मालीलाइ, ट्युशन फीलाइ या घर भाडालाइ । उता काममा धपेडी, न आफु खुशी न हाकिम खुशी न पति छोराछोरी खुशी ।यस्ती कामकाजी महिला हुनुभन्दा त सरल र सम्मानित गृहिणी जिवननै राम्रो मेरा लागी । प्रश्न उठ्न सक्छ, तर फेरि महिला नै किन त पुरुष चै गृहिणी किन नहुने ? अरे यार! यो त मौका हो, गृहिणी जस्तो सुखदायी काम मोराहरुलाई किन दिने? ममताको अर्थ , घर सजाउनुको अर्थ, तुलसी रोप्नु र पुजा गर्नुको अर्थ, चिया पकाउनुको अर्थ ; यति गहिरा कुराहरु लोग्ने मान्छेहरु बुझ्दैनन् नि! यो त हाम्रो डिपार्टमेन्ट हो ।फेरी उनिहरुको ढंग पनि कहाँ हुन्छ र ? हाम्रो त instinctive नै हुन्छ ( तैपनि मेरा पति परमेश्वर गृहिणी बन्न तयार हुन्छन भने म खुशी नै हुनेछु नि ) । तर साँच्चै, यसमा सुख छ, मजा छ, खुशी छ, आनन्द छ, के के छ छ ।
यी त भए सपनाका कुरा । मैले अघि नै भनें यी सपना हुन तिर्सना हैनन् ।यी सपनामा खुशी हुनुपर्ने स्वाभाविक वैज्ञानिक कारण के छ भने; बिहे गर्ने, छोराछोरी पाउने, स्वइच्छाले गृहिणी बन्ने मेरा सबै सपनाहरुमा मेरो खुशी छ ,रहर छ , बाध्यता छैन । मैले चाहेको रोजेको मान्छेसँग बिहे गर्नेछु, चाहेको समयमा चाहेजति छोराछोरी पाउनेछु । तर हाम्रा धेरै दिदीबहिनीहरुले यो अवसर पाएका छैनन। त्यसैले पनि म यहाँ खुशी हुनुपर्छ।मतलब अरु दुखी भए भनेर म खुशी भएको हैन कि खाली म जे छु तेस्मा सन्तुष्ट मात्र हुन खोजेको । यो सपना देख्दैमा त म यति खुशी छु भने पुरा भए झन् खुशी हुनेछु र यदि पुरा भएनन् भने अर्को कुनै खुशी हुने खालको सपना देख्नेछु । मलाई सपनाको लोभ छैन ।झरीजाने तारा झरिजान्छन, मरीजाने सपना मरिजान्छन ।म खुशीको खुशी नै हुनेछु।This way or the other.
मत्ता हात्ती हलुङ्गो, वितत जलधिको ह्ववेल माछो हलुङ्गो
जङ्गी बेडा हलुङ्गो विकट कटकटे रेलगाडी हलुङ्गो।
शैलश्रेणी हलुङ्गो पृथुतम पृथिवी गोल सारा हलुङ्गो
यो ब्रह्माण्डै हलुङ्गो जब सब मनको तिर्सना लाग्छ टुङ्गो ।।
कवि शिरोमणीको यहि श्लोकले मात्र पनि देखाउँछ कि बास्तविक खुशीको सुरुवात त्यहाँबाट सुरु हुन्छ जब तिर्सनाको टुङ्गो लाग्छ । यहि हो मेरो खुशीको कुरा । लेखे त अझै कति हुन्छन कति । म तबसम्म खुशी रहिरहनेछु जबसम्म मसँग आँशु रहनेछ । अरुको संवेदना बुझ्ने मन रहनेछ । म अरुको दुखमा रोएकै कारण मैले मभित्रका खुशीका असिमित कारण र सम्भावनाहरुलाइ खोतल्न सकेकी हुँ । मेरो आशुँलाइ धन्यवाद । मेरो लागि मेरो आशुँ पनि खुशी हो । मेरो sadness पनि खुशी हो । हरेकपल्ट जब म sad भइरहेकी हुन्छु तब मैले खुशीका अन्य सम्भावनाहरुलाइ खोतलीरहेकी हुन्छु । मलाई अब अरु केही चाहिएकै छैन । म वितरागी भैंसके । यसको अर्थ अब म केही गर्दिन म जोगिनी हुन्छु भनेको हैन । म अब अझै धेरै पढ्नेछु, अझै लेख्नेछु, धेरै भन्दा धेरै मान्छेसँग भेट्ने छु, मैले सकेजति मान्छेलाइ आफुभित्र बन्द खुशीको भन्डार खोल्न मद्दत गर्नेछु, छिटै बिहे गर्नेछु , छोराछोरी पाउने छु र आजभन्दा भोली भोली भन्दा पर्सी झन् खुशी हुनेछु । आज गतिलो गासबास कपास छ, अक्षरको ज्ञान छ, जागिर छ, सपना छ र सपनामा सत्यम शिवम सुन्दरम छन, परिवार छ, साथीहरु छन ,गुरुहरु छन । म साँच्चै कति खुशी छु। तैपनि जिन्दगीमा अझै धेरै धेरै गर्नेछु, राम्रा राम्रा कामहरु गर्नेछु तर कुनै तिर्सना , महत्वाकांक्षा , लोभ, लालच, सम्पति, पद, सम्मान को लोभ मा हैन सिर्फ आफ्नो खुशीका खातिर । मात्र खुशीको लागि ।

November 10th, 2008 at 1:13 am
I liked this article very much !!! Yo article padhe pachhi tapai jhan dherai mann parna thaalyo yaar Avinashi malai ta !!! Anyway, tapai ko bacha paune sapana ko artha ahile bujhna thaale maile ta. Naaritwo lai yeti dherai bujheko maanchhe hunuhudo rahechha yaar tapai. I am very proud to be your friend.
Wish you a very happy life !!!
November 10th, 2008 at 2:04 am
ur article was very sweet. i loved the way u have jotted yourself honestly( kata kata chai alli adarsha bharya jasto lagya bhaepani)i totally agree with ur thought for prefering exalted state of perfect happiness than pursuit of happiness.
all the best.
November 10th, 2008 at 2:15 am
ramro!
Dharanaharu sabaika farak hunchhan jeevan ra khusi prati..timro jastai..j hos u understad the importance of life and happiness and you taught me also…
November 10th, 2008 at 3:51 am
The hardest thing to do while talking about oneself esp online, is to be completely honest. And You seem to have mastered that art of honesty which is just praiseworthy. I have said this before and I don’t mind repeating it again that you are by far the most honest blogger I have ever read or known..Its the simplicity / honesty with which you write about yourself, your dreams, your hopes that takes me aback every time I go through something like this. And sure it makes for a great “About” me page or a the peek into the blogger’s life not merely as a blogger but a ‘person’ beyond the writings, for blog visitors like me.
November 11th, 2008 at 2:09 am
Avinashi G. tapai yakdam ramro lekhika bannuhun6 lekhne garnus hai. Best of luck for ur dream.
November 11th, 2008 at 2:16 am
Avinashi
i really like yr writing style. tapie ko khushi ko anubhuti le malie choyo. i wish u to be a perfect mom. ur dearm come true.
November 17th, 2008 at 8:03 am
Avinashi
An artistic and bold way of expressing yourself!
I feel you have a very nice thought about life and the way of living. I can easily appreciate your sensitivity to own life and the existence around you. Keep on going! My Best Regards
November 17th, 2008 at 9:36 am
I found Avinashi has well understood the importance of life and meaning of happiness in an early age of 23 which is very nice.
We modern people are tempting for materialistic happiness. We never value what we possess and always engage in so called the pursuit of happiness, yet few achieve more than fleeting glances at it. I have witnessed many people who are loosing there real bliss in the pursuit of materialistic happiness. Your definition of happiness, exalted state of perfect happiness is the right way to live a happy life. We have to be happy with what we have and of course move forward. Avinashi, keep consistency in your thoughts and deeds to remain always happy.
I am glad I could surf your blog. I wish I could read positive writings from you in the days ahead. Wish you a good luck.
November 19th, 2008 at 10:41 am
हरेक पाइलामा,
सफलता को शुभकामना !
November 21st, 2008 at 1:47 am
थोरै विज्ञापन, आशावादीताको आवरणमा केही निराशा, साच्चै अविनाशीजी तंपाइले मेरो व्लग पढेर नोष्टाल्जिक नभएको भए यी हरफहरु लेखिन्थेनन होला । खैर पेशा भनौ या जीजीविषाका समानताबिच तंपाइका निरन्तर श्रृजनाको अपेक्षा गर्दछु ।
यसो वेलुका अली फुर्सद भएको वेलामा सोच्नुहोला । आज लेखिएको भए तंपाइका वारेका हरफहरु यस्तै हुन्थे होलान र ?
सोच्नुस है त तंपाइका यी विचार र आजका बिचारहरुमा समानता छ त?
वांकी सहकायृको प्रस्ताव सहित
November 21st, 2008 at 11:27 pm
“आज लेखिएको भए तंपाइका वारेका हरफहरु यस्तै हुन्थे होलान र ?
सोच्नुस है त तंपाइका यी विचार र आजका बिचारहरुमा समानता छ त?”
अनुपजी मैले तपाईको कुरो बुझिंन।यो मेरो आजकै विचार हो ।हिजो अरुनै थियो होला भोली पनि अरुनै होला।बाँकी जे बुझ्नुहुन्छ तपाईंकै ईच्छा।
November 22nd, 2008 at 4:48 am
hello avinashi ji..it’s really nice to know about you from the blog. When I had seen you (somewhere during shooting of mjmb), i had one impression about you..I had imagined that you must be sentimental(bhabuk) tara yo padhisakepachhi ta bhabuk matra hoina…bhabukta with cause, with definite meaning..i remember the say of one of the respectable loveliest person i met in my life..he says,”tapai ko jindagi tapai ko biswas bhanda bahek aru kehi hoina”…yedi testo ho bhane..tapaiko jindagi prati ko biswas is made up of clarity of vision with fruitful mission..you dont want to be successful in life madly..but being a good human being, if u get success u will accept…tara yesko matlab yo hoina ko tapaile safalta chahanuhunna..tapai safalata chahanuhunchha tara tesko aswostha daud ma aafulai samel garaunu hunnna..tapaika anubhuti ka kura haru pani chhan yesma..sabaima ta ma bhandina tara kunai kunai ma maile mero afnai pratibimba dekhe…
The spontaneity of feelings with the blend of honesty is driving u to the more blissful state which the future days will show for u..
keep it up..
d’nes
November 23rd, 2008 at 2:35 am
नवुझेपनि वुझ्न मात्रै खाजेपनि हुन्थ्योनी \
http://www.birgha.blogsome.com
November 23rd, 2008 at 2:37 am
नवुझेपनि वुझ्न मात्रै खाजेपनि हुन्थ्योनी \
November 26th, 2008 at 3:52 am
Thanks Dineshji.
November 26th, 2008 at 9:13 pm
Hi there,
thank you for your inspiring comment on my blog.
and wow.. you are such a writer, i’m stunned after reading your creative writing.
December 6th, 2008 at 4:34 am
The more I read the more I feel you your emotions your feelings some where in my heart, directly touching my sentiments, directly touching heart, such a beautiful expression of your feelings your thoguhts and ofcourse your dream. I thank to Umesh Dai that he had given me your address. You are such an wonderful person to be friend I am proud and I am feeling lucky to find you as a friend. You are such a bold girl and beautiful as well. The beauty of your heart and soul lies in the way you write, the way you have expressed yourself in each article you write.
Wish you a very wonderful and Perfect life as of your imagination and your dream. ( Bihe ma ta aauna paiyela ni hai ?? )
Keep on writing…
Wish u success that you define….
December 6th, 2008 at 11:42 am
I feel you have a very nice thought about life and the way of living. I can easily appreciate your sensitivity to own life and the existence around you. Keep on going! My Best Regards
December 6th, 2008 at 1:07 pm
अविनाशी,
म तिमी नै भन्छु ल, उमेरपनि उस्तै उस्तै लाग्यो, १ वर्षले दिदी नै पो हुंला म झन्, फेरि तिमी भन्नुमा जस्तो आत्मियता, तपाई्हजुर भन्नुमा कहाँ छ र?
तिम्रो यो लेखन पढेपछि तिमीलाई त मैले धेरै वर्ष देखि चिनिरहेकी छु जस्तै लाग्यो, अनि तिम्रा जिवन शैलीका कुरा अनि सपनाका कुरा पनि धेरै हद सम्म मेरै सोचाइ/भोगाइ सपना/कल्पनाहरु सँग मिलेको पाएँ ।
लेख्दै गर्नु, पाठकहरुको लहरमा आज देखि मेरो नाम पनि थपिएको छ ।
समयको क्रमसँगै तिम्रा सारा सपनाहरु पुरा हुँदै जाउन्, यही शुभकामना!!
December 6th, 2008 at 10:38 pm
कस्तो रमाईलो।कति धेरै कमेन्ट्स।सबैलाई धन्यवाद
December 8th, 2008 at 5:27 pm
Nice one… very honest and bold! Followed the link you’d left in my blog (comment) and I’ve to say after a long time I really enjoyed reading something in Nepali. Keep it up. May all your dreams come true!
Cheers,
Niranjan
December 10th, 2008 at 10:44 pm
well.. Khusi…padher.. khusi lagyo.. really it’s a great thing.. that you able to write.. ma bhayako bhaya sakthena hola.. ma lekhna lai lazy chhu.. baneko chhu athawa banaiyako chhu.. bibhinna karanharule garda… lekhna chodeko dherai bhayo… ra khusi padher sochdai chhu.. feri lekhne bishayama…
tara jehos.. khusi.. lekhne tarika ramro lagyo.. padher aananda aayo. Keep it up!
January 6th, 2009 at 12:20 pm
मनोबाद परक लेखन शैली विशेष मन पर्यो । लेख्दै गर्नुहोला । you deserve to be a good writer. Best of luck.