आनाकानी गर्छौ किन ?….

Posted on November 6th, 2008 by Avinashi

आनाकानी गर्छौ किन माया लगाउन ?
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन….

तिमीसँग कहिल्यै केहि झुठो बोल्या छैन
मागें साथ मिठो माया अरु केहि माग्या हैन
लैजाने छु तिमीलाई मेरो घर सजाउन
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन….

आनाकानी गर्छौ किन ?….

आकाशको तारा झर्दा तिमीलाई नै माग्ने गर्छु
फुर्सद छैन एकैछिन तिमीलाई नै सोच्ने गर्छु
मनको कुरा सबैं भनें छोड अब लजाउन
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन….

आनाकानी गर्छौ किन ?….

-यशकुमार

2 Responses

  1. Basanta Says:

    निकै रोमाण्टिक (र मार्मिकपनि) रहेछन् शब्दहरु। धन्यबाद यहाँ राखिदिनुभएकोमा।

  2. pabina Says:

    ali ali rap ra remix garnu pardaina

Leave a Comment

Please note: Comment moderation is enabled and may delay your comment. There is no need to resubmit your comment.

Posted in lyrics |

Archives

Categories

Blogroll