सपना हो यो भनेदेखी….

सपना हो यो भनेदेखी
सपनीमै मरुँ
अर्को जन्म पाएँ भने
तिमीसँगै परुँ

एउटा जून आकाशमा एउटा मेरो काख
जिन्दगीको पुग्यो धोको दैव दियौ लाख
हाम्रो माया चोखो भए यसको लाज राख
यसको लाज राख

जता हेर्छु उतै तिमी मेरो वरिपरी
निदरीमा झझल्कोले उठ्छु घरिघरी
तिमी बिना आखाँ मेरो साउनको झरी
साउनको झरी

जिवन मेरो के पो होला बिना तिम्रो माया
 तिमी  जान्छौ जतातिर उतै लाग्छु छायाँ
एकै मन एकै मुटु दुई हाम्रो काया
दुई हाम्रो काया

तिम्रो बेला मनमा बज्छ नरेटेरै पनि
टाढै देख्दा प्यास मर्छ नभेटेरै पनि
सपना हो यो भनेदेखी
सपनीमै मरुँ
अर्को जन्म पाएँ भने
तिमीसँगै परुँ

सपना हो यो भनेदेखी….

कुनै दिन पस है!

भनेकै थिएँ बाटैमा घर छ कुनै दिन पस है!
गुन्द्री र काम्लो पिढींमा जे छ तानेर बस है!!

आँगनी आज टेकेर गयौं बोल्दा नि बोलिनौ,
के लुकाई ल्याऽथेउ, पटुकी भित्र त्यो पनि खोलिनौ
फर्केर फेरी यै बाटो आए नबिर्सी पस है!
गुन्द्री र काम्लो पिढींमा जे छ तानेर बस है!!

यै बाटो हिडयौ  तर्केर गयौ मन रोयो धर्केर
हेरेर बसें देउराली सम्म आईनौ फर्केर
तर्केर नजाउ मनकी मायालु केइ गरी पस है!
गुन्द्री र काम्लो पिढींमा जे छ तानेर बस है!!

भनेकै थिएँ बाटैमा घर छ कुनै दिन पस है!
गुन्द्री र काम्लो पिढींमा जे छ तानेर बस है!!
Lyrics:I am sorry I dunno

Singer: YashKumar

आनाकानी गर्छौ किन ?….

आनाकानी गर्छौ किन माया लगाउन ?
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन….

तिमीसँग कहिल्यै केहि झुठो बोल्या छैन
मागें साथ मिठो माया अरु केहि माग्या हैन
लैजाने छु तिमीलाई मेरो घर सजाउन
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन….

आनाकानी गर्छौ किन ?….

आकाशको तारा झर्दा तिमीलाई नै माग्ने गर्छु
फुर्सद छैन एकैछिन तिमीलाई नै सोच्ने गर्छु
मनको कुरा सबैं भनें छोड अब लजाउन
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन….

आनाकानी गर्छौ किन ?….

-यशकुमार