सपना हो यो भनेदेखी….

Posted on April 10th, 2009 by Avinashi

सपना हो यो भनेदेखी
सपनीमै मरुँ
अर्को जन्म पाएँ भने
तिमीसँगै परुँ

एउटा जून आकाशमा एउटा मेरो काख
जिन्दगीको पुग्यो धोको दैव दियौ लाख
हाम्रो माया चोखो भए यसको लाज राख
यसको लाज राख

जता हेर्छु उतै तिमी मेरो वरिपरी
निदरीमा झझल्कोले उठ्छु घरिघरी
तिमी बिना आखाँ मेरो साउनको झरी
साउनको झरी

जिवन मेरो के पो होला बिना तिम्रो माया
 तिमी  जान्छौ जतातिर उतै लाग्छु छायाँ
एकै मन एकै मुटु दुई हाम्रो काया
दुई हाम्रो काया

तिम्रो बेला मनमा बज्छ नरेटेरै पनि
टाढै देख्दा प्यास मर्छ नभेटेरै पनि
सपना हो यो भनेदेखी
सपनीमै मरुँ
अर्को जन्म पाएँ भने
तिमीसँगै परुँ

सपना हो यो भनेदेखी….

कुनै दिन पस है!

Posted on December 8th, 2008 by Avinashi

भनेकै थिएँ बाटैमा घर छ कुनै दिन पस है!
गुन्द्री र काम्लो पिढींमा जे छ तानेर बस है!!

आँगनी आज टेकेर गयौं बोल्दा नि बोलिनौ,
के लुकाई ल्याऽथेउ, पटुकी भित्र त्यो पनि खोलिनौ
फर्केर फेरी यै बाटो आए नबिर्सी पस है!
गुन्द्री र काम्लो पिढींमा जे छ तानेर बस है!!

यै बाटो हिडयौ  तर्केर गयौ मन रोयो धर्केर
हेरेर बसें देउराली सम्म आईनौ फर्केर
तर्केर नजाउ मनकी मायालु केइ गरी पस है!
गुन्द्री र काम्लो पिढींमा जे छ तानेर बस है!!

भनेकै थिएँ बाटैमा घर छ कुनै दिन पस है!
गुन्द्री र काम्लो पिढींमा जे छ तानेर बस है!!
Lyrics:I am sorry I dunno

Singer: YashKumar

Posted in lyrics | 5 Comments »

आनाकानी गर्छौ किन ?….

Posted on November 6th, 2008 by Avinashi

आनाकानी गर्छौ किन माया लगाउन ?
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन….

तिमीसँग कहिल्यै केहि झुठो बोल्या छैन
मागें साथ मिठो माया अरु केहि माग्या हैन
लैजाने छु तिमीलाई मेरो घर सजाउन
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन….

आनाकानी गर्छौ किन ?….

आकाशको तारा झर्दा तिमीलाई नै माग्ने गर्छु
फुर्सद छैन एकैछिन तिमीलाई नै सोच्ने गर्छु
मनको कुरा सबैं भनें छोड अब लजाउन
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन….

आनाकानी गर्छौ किन ?….

-यशकुमार

Posted in lyrics | 2 Comments »

Archives

Categories

Blogroll