चतुर्दशीको जून…….
Posted on November 12th, 2008 by Avinashi
हिजो
अफिसबाट निस्कदा,
आकाशको निलो,
धमिलिदै थियो
चतुर्दशीको जुन,
भर्खरै उत्रेको थियो आकाशमा
त्यही जुनलाई साक्षी मान्दै,
सुर्यको अन्तिम किरणले
गणेश हिमालको सिउँदोमा
एक धर्सो सिंदुर पोतिदियो,
त्यसपछी,
लाजले होला
रातको घुम्टोले काठमान्डुलाई ढाक्दै
चन्द्रागिरीको डाँडोबाट
सुर्य फुत्रुक्क ओर्ल्यो,
अनि फेरि,
आफ्नै आफ्नै गन्ध बोकेका
ताता ताता सासहरु
गन्तब्यमा पुग्न हतारिएका
अनेकन् सुस्केरा र उच्छवासहरु,
माइक्रो बसको ताल सधैं यस्तै हो
“सुहागरात है ये घुङघट उठारहा हुँ मै
तुझे जमी पर बुलाया गया है मेरे लिए”
त्यो धरती र आकाशको सुहागसाँझलाई
माइक्रोबसका गुरुजीले, यो गित बजाएर
मधुर बनाईदिए ,
एकघन्टापछि,
म सामाखुशी चोकमा उत्रदा,
अँध्यारो झन् गाढा भएको थियो,
दुर क्षितिजमा घरतीआकाश एकाकार थिए
र त्यो मिलनको साक्षी चतुर्दशीको जून
बहुत चम्किएर गएको थियो
जूनको मुन्तिर
मार्स र जुपिटर
लगभग ११० डीग्रीको कोण बनाएर
बसेका थिए; मानौं द्वारपालझै,
मफलरमा अड्केका आफ्ना सासहरुलाई
आफै सुंघ्दै, आफैं मदहोश हुँदै
केहिछिनको हिडाईंपछि घरपुग्दा
आकाशमा ताराहरुको बाढी लागेको थियो,
धरती र आकाशको बिहेपार्टीमा होला
“तिम्रो बिहेपार्टी चैं कहिले खुवाउने ?”
चतुर्दशीको जूनले मलाई जिस्काउँदै थियो
मोरो !!!!
November 12th, 2008 at 4:08 am
मोरो nai kina?
November 13th, 2008 at 12:21 am
Sachhai ,तिम्रो बिहेपार्टी चैं कहिले खुवाउने ?
Just kidding …
Anyway … I like ur fluency … n the fluency in the poem …
November 13th, 2008 at 4:50 am
Microbus kina jodeko yaha ? Microbus ko yatra ko meaning nai bujhina yaar. Anyway, kabita ra ending saarai ramro…. euta kura thaha paayera pani sodhau Avinashi “sachai tapai ko bihe party chahi kahile khuwaune ho ?”
November 14th, 2008 at 3:25 am
हाहाहा
होला नि छिट्टै ।
November 19th, 2008 at 4:48 am
साच्चै दामी लेख्छौ यार अविनाशी तिमी । साह्रै राम्रो लाग्यो मलाई । अनि जहाँ पनि certain degree को कोण नै देख्छन् नि तिम्रा आँखाले । कि ट्रेडमार्क हो?
November 26th, 2008 at 3:51 am
लौ लौ ।तिमी भन्छौ भने ट्रेडमार्क नै सहि